site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योग प्रतिनिधिलाई रेपिड मार्केट एसिसमेन्ट अभिमुखीकरण

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुनसरी–मोरङ औद्योगिक कोरिडरका उद्योग प्रतिनिधिहरूका लागि आयोजित श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि रेपिड मार्केट एसिसमेन्ट सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को सहयोगमा बिहीबार सम्पन्न भएको कार्यक्रममा महासंघको कोसी प्रदेश कोषाध्यक्ष सुवास आचार्यले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको प्रयासले उद्योग प्रतिष्ठानहरूमा कामदारको माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस अवसरमा सगरमाथा गार्मेन्ट इटहरीका सञ्चालक डम्बर तामाङले सरकारले श्रमिकहरूलाई प्रदान गरेको न्यूनतम पारिश्रमिकले जीविकोपार्जन गर्न धौधौ परिरहेको बताए । कतिपय उद्योग प्रतिष्ठानहरूले पूर्णरूपमा लागू नगरेको सुनाए ।

औषधि व्यवसायी संघका अध्यक्ष कुमार खतिवडाले यो क्षेत्रमा धेरै दक्ष जनशक्ति आवश्यकता रहेपनि प्राप्त गर्न कठिनाइ रहेको कुरा बताए । 

रिलायन्स स्पिनिङका तिलकराज कार्कीले सूचना प्रणालीमा धेरैभन्दा बढीभन्दा बढी आबद्धता गर्न सकियो भने फाइदा पुग्ने बताए ।

रघुपति जुट मिल्सका सुदन पोखरेलले मानव संशाधन विकास सम्बन्धी जुट उद्योगमा चाहिने स्पिनिङ र लुमसम्बन्धी सिप भएका जनशक्ति पाउन गाह्रो भएको सुनाए । 

कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठान व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू गरी करिब ५० जनाको सहभागी थिए । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्