site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली प्रधानमन्त्री भन्छन्– हाम्रो सेनालाई कुनै प्रतिबन्ध अस्वीकार्य  
तस्बिर : रोयटर्स ।

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देशको सेनालाई कुनै प्रतिबन्ध अस्वीकार्य रहेको जनाएका छन् । अमेरिकाले इजरायली सेनाको एक युनिटलाई मानवअधिकार उल्लंघन गरेको आरोपमा  सहायता कटौती गर्ने रिपोर्ट सार्वजनिक भएपछि नेतान्याहूले यसखालको टिप्पणी गरेका हुन् ।

“म यसका लागि मेरो बलले भ्याएसम्म लड्नेछु,” प्रधानमन्त्रीले भनेका छन् । यसअघि, एक्सिओस न्युज साइटले अमेरिकाले इजरायलको नेत्जाह यहुदा बटालियनलाई वेस्ट बैंकमा मानवअधिकार हननको विषयलाई लिएर सहायता कटौती गर्न खोजेको समाचार सार्वजनिक गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको हप्ता इजरायलको डिफेन्स फोर्सेजलाई अमेरिकी सैन्य सहायतामा कटौती हुन सक्ने विषयलाई लिएर टिप्पणी गर्दै अमेरिकी विदेशमन्त्रीले भनेका थिए, “मैले संकल्प गरेको छु, आगामी दिनहरूमा त्यसलाई तपाईंहरूले देख्न सक्नुहुनेछ ।”

इजरायली सेनाले नेत्जाह येहुदाले अन्तर्राष्ट्रिय कानुनानुसार काम गरिरहेको जनाएको छ । सो क्षेत्रमा मानवअधिकारको उल्लंघन अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्नुभन्दा अघि भएको जनाइएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्