site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविको प्रश्न– आफ्नै नेता थुन्नेले मलाई छोड्लान् र ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै नेता थुन्नेले आफूलाई समेत नछोड्ने बताएका छन् ।

मंगलबार इलामको चुलाचुलीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले कांग्रेस सरकारमा हुँदा आफ्नै पार्टीका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको प्रसंग निकाल्दै आफूलाई पनि नछाड्ने बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आफ्नै नेता थुन्नेले मलाई छोड्लान् र ? म भन्छु सके थुन्नुस् । सरकार अंकगणितको खेल हो, सरकारमा आएर पहिलो निर्णय मलाई थुन्ने निर्णय गरे हुन्छ । म डराएको छैन,” उनले भने ।

उनले सरकारमा काम गर्न सकिएन र पाइएन भने टाँसिएर नबस्ने बताए । “मिति मात्र लेख्न मिल्ने गरेर राजीनामा पत्र झोलामा बोकेर हिँडेका छौँ । प्रधानमन्त्रीले गलत्याएर निकाल्न पर्दैन । टाँसिएर बस्ने काम हामी गर्दैनौँ ।” 

उनले परिवर्तन गर्न आफू तयार भएको बताएका छन् ।  “नेपाली विदेश जान नपरोस् भनेर श्रममन्त्री कम्मर कसेर लाग्नुभएको छ । बाध्यतामा परेर विदेश जान पर्नेलाई सहज पारिएको छ,” उनले भने । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्