site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ र बझाङ–१ ‘क’मा आज उपनिर्वाचन, ३० उमेदवार प्रतिस्पर्धामा

काठमाडौं । इलाम– २ र बझाङ १ ‘क’ मा आज उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पाण्डेयले जानकारी दिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताए ।

आज प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को ‘क’ मा उपनिर्वाचन हुन लागेको हो । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०५:४१
प्रतिक्रिया दिनुहोस्