site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पहिचान पक्षधर थेगिमलाई एउटै वडाबाट एक हजार ३१ मत

इलाम । इलामको चुलाचुली गाउँपालिका–१ मा पहिचान पक्षधर डकेन्द्रसिंह थेगिमले एकै वडाबाट सबैभन्दा धेरै मत प्राप्त गरेका छन् ।

उपनिर्वाचनअन्तर्गत इलाम–२ मा जारी मतगणनाअनुसार चुलाचुली वडा नम्बर १ मा थेगिमले एक हजार ३१ मत प्राप्त गरे । जबकी यहाँ नेकपा एमालेले ६१४ मत प्राप्त गर्दा नेपाली कांग्रेसले ५०१ मत प्राप्त गरेको छ । रास्वपाले ११५ मत यस वडाबाट प्राप्त गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हालसम्म एमालेका सुहाङ नेम्बाङको पाँच हजार २५ मत, कांग्रेसका डम्बर खड्काको तीन हजार ७५९ मत, स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमको एक हजार ९९६ मत र रास्वपाका मिलन लिम्बुले ७६० मत पाएका छन् । २३९० मत खसेको यस वडामा २३ मत बदर भएर २३६७ मत सदर भएको छ ।

अहिले चुलाचुली वडा नम्बर २ र ३ को गणना जारी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ००:४४
प्रतिक्रिया दिनुहोस्