site stats
बाह्रखरी :: Baahrakhari
खेल
यस्तो छ ट्वान्टी–२० विश्वकपका लागि घोषित इंग्ल्यान्ड, भारत र दक्षिण अफ्रिकाको टिम

काठमाडौं । आसन्न ट्वान्टी–२० विश्वकपका लागि साविक विजेता इंग्ल्यान्ड, भारत र दक्षिण अफ्रिकाले राष्ट्रिय टोलीको घोषणा गरेका छन् ।

इंग्ल्यान्ड क्रिकेट बोर्ड, भारतीय क्रिकेट बोर्ड र दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले मंगलबार क्रिकेटको सानो संरचनाको विश्वकपका निम्ति राष्ट्रिय टिमको घोषणा गरेका हुन् । 

साविक विजेता इंग्ल्यान्डको कप्तानी जस बटलरले गर्नेछन् । टिममा बटलरसँगै, मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेरेस्टो, ह्यारी ब्रुक, साम करन, बेन डकेट, टम हार्ट्ली, विल ज्याक, क्रिस जोर्डन, लियम लिभिस्टोन, आदील राशिद, फिल साल्ट, रिस टोप्ले र मार्क उड छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतीय क्रिकेट बोर्डले घोषणा गरेको १५ सदस्यीय टिमको कप्तानी रोहित शर्माले गर्नेछन् । भारतले चार खेलाडीलाई रिजर्भमा राखेको छ । 

भारतीय टिममा रोहित शर्मा (कप्तान), यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषव पन्त, सञ्जु सामसन, हार्दिक पन्ड्या, सिवम दुवे, अक्षर पटेल, रविन्द्र जडेजा, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराजले स्थान पक्का गरेका छन् । यस्तै, रिजर्भमा सुभमन गिल, रिन्कु सिंह, खलिल अहदमे र आवेश खान छन् ।

भारतीय टिममा विकेटकिपर लोकेश राहुल र तीव्र गतिका बलर मोहम्मद सामीले भने स्थान बनाउन सकेनन् ।

यस्तै, दक्षिण अफ्रिकाले आइदेन मार्करमको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाको टिममा आइदेन मार्करम (कप्तान), ओट्नियल बार्टमन, गेरार्ड कोएट्जी, क्विन्टन डी कक, जोर्न फच्युन, रिजा हेन्डरिक्स, मार्को जोन्सन, हेनरिक क्लासेन, केशव महारेज, डेविड मिलर, एन्रिक नोर्टजे, कगिसो रबाडा, र्यान रिकेल्टोन, तबरेज साम्सी र ट्रिस्टान स्टुब्सले स्थान बनाएका छन् । रिजर्भमा नान्द्रे बर्गर र लुंगी एन्गिडी छन् । 

ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा आयोजना हुँदै छ । जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्