site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग स्थापना गर्नुपर्छ : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशभित्रै रोजगारी सिर्जनाको लागि लघु, घरेलु तथा साना उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १७औँ अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले हरेक दिन विदेश पलायन भइरहेका फोटोहरु सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्यको लागि मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सरकारले अब हरेक कार्यक्रम त्यही नीतिअनुरुप गर्ने तयारी रहेको बताए । उनले विदेशबाट फर्कने नेपालीलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि सीपमुलक क्षेत्रमा काम गर्न नसकिएको स्वीकार गरे । 

मन्त्री अर्यालले सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने तयारी गरेको बताए । उनले सरकारको अबको  प्रयास देशमा नै रोजगारी सिर्जना गर्ने रहेको बताए । 

“हामीले हरेक दिन विमानस्थलका फोटाहरु सामाजिक सञ्जालमा देख्ने गरेका छौं । तर, विदेशमा गएर फर्कने नेपाली नागरिकलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि रोजगार सिर्जना गर्नको लागि सीपमुलक क्षेत्रमा काम गरेको देखिएन । श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने तयारी गरेका छौँ । सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर हामीले आयोजना गर्दैछौँ । अबको हाम्रो प्रयास भनेको देशमा नै रोजगारी सिर्जना गर्नु हो । त्यसको लागि सरकारले सीप सिकाउन जरुरी हुन्छ । आउने दिनमा सीटीभीटी र सीप विकास प्रशिक्षणमार्फत सीप सिकाउने प्रयास गरिरहेका छौं । नेपाली उत्पादनलाई सरकारी निकायहरुमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रुपमा व्यवस्था गरी ल्याउने प्रयासमा छौँ,” मन्त्री अर्यालले भने । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्