site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री भन्छन्– जीबी राईलाई यसअघिको सरकारले भगायो 
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई खोजिरहेको बताएका छन् । शनिबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा‍ 'भगाएको मान्छे'लाई खोज्न समय लाग्ने बताए ।

सञ्चारकर्मीले उनलाई 'जीबी राई किन पक्राउ पर्न सकेनन् ?' भनेर सोधेका थिए । जवाफमा उनले भने, "भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

'त्यसो भए कसले भगायो ?' सञ्चारकर्मीको प्रश्नमा उनले भने, "भाग्दाखेरी सरकारमा को थियो ?"

उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए ।

उनले जनताले आदेशले संसद्‌मा पुगे पनि आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको बताए ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्