site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईसीसी ट्वान्टी–२० विश्वकप : यस्ता छन् समूह चरणमा नेपालसँग खेल्ने चार टिम

काठमाडौं । आगामी जुन २ देखि सुरु हुने आईसीसी ट्वान्टी–२० विश्वकपका निम्ति अहिलेसम्म पाकिस्ताबाहेक सबै राष्ट्रले राष्ट्रिय टोलीको घोषणा गरिसकेका छन् ।

विश्वकपको नवौँ संस्करणमा नेपालसहित कुल २० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै बंगलादेश, नेदरल्यान्ड्स, श्रीलंका र दक्षिण अफ्रिका छन् । समूहका सबै टिमले विश्वकपका लागि राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

यस्ता छन् नेपालसँग खेल्ने चार टिम :

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेदरल्यान्ड्स

नेपालले जुन ४ मा अर्को एसोसियट राष्ट्र नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेदरल्यान्ड्स नियमित कप्तान स्कट एड्वार्ड्सको नेतृत्वमा विश्वकप खेल्दै छ ।

पन्ध्र सदस्यीय डच टोलीमा भेट्रान अलराउन्डर रोइलोफ भान डेर मेर्वेले स्थान बनाउँदा मुख्य ब्याटर कोलिन एकरमन भने टिममा छैनन् । छनोटकर्ताले टिममा युवा खेलाडीहरूलाई मौका दिँदा बायाँहाते स्पिनर टिम प्रिंगल र ‘हार्ड हिटर’ ओपनर माइकल लेभिटले स्थान बनाएका छन् । लेभिटले नेपालमै भएको त्रिदेशीय ट्वान्टी–२० शृंखलामा नामिबियाविरुद्ध ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको विस्फोटक इनिङ खेलेका थिए ।

विकेटकिपर ब्याटर कप्तान एड्वार्ड्स र अलराउन्डर बास डे लिडेको उपस्थितीले डच टिमलाई बलियो बनाएको छ ।

नेदरल्यान्ड्स र नेपालबीचको खेल डल्लास रंगशालामा हुने तालिका छ ।

duch-team-1715702875.jpg
 

नेदरल्यान्ड्सको टिम : स्कट एड्वार्ड्स (कप्तान), आर्यन दत्त, बास डे लिडे, ड्यानियल डोराम, फ्रेड क्लासेन, लोगन भन विक, म्याक्स ओ‘डाड, माइकल लेभिट, पाउल भान मिकेरेन, साइब्रान्ढ एंगलब्रेड, जेजा निदामानुरु, टिम प्रिंगल, विक्रम सिंह, विव किंग्मा र वेस्ले बारेसी ।

रिजर्भ : काइल क्लेइन ।

श्रीलंका

नेपालले जुन १२ मा श्रीलंकाविरुद्ध समूह चरणको दोस्रो खेल खेल्नेछ । गत वर्षको डिसेम्बरमा ट्वान्टी–२० टिमको कप्तान बनेका वनिन्दु हसरंगाले नै विश्वकपमा पनि श्रीलंकन टिमको नेतृत्व सम्हाल्नेछन् । उपकप्तानमा चरिथ असलंका छन् ।

टोलीमा यसै वर्षको जनवरीमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनुभवी भेट्रान एन्गोलो म्याथ्युको साथ रहनेछ । तीन वर्ष राष्ट्रिय टिमबाट बाहिर रहेका म्याथ्युले छैटौँपटक ट्वान्टी–२० विश्वकप खेल्दै छन् । सन् २०१४ मा श्रीलंकाले विश्वकपको उपाधि जित्दा म्याथ्यु पनि टिमका महत्त्व पूर्ण सदस्य थिए ।

srilanka-copy-1715702947.jpg
 

श्रीलंकाको टिम : वनिन्दु हसरंगा (कप्तान), चरिथ असलंका (उपकप्तान), कुशल मेन्डिस, पथुम निसांका, कामिन्दु मेन्डिस, सदिरा समराविक्रमा, एन्गोलो म्याथ्यु, दासुन सनाका, धनञ्जय डी सिल्भा, महिस थिक्षणा, दुनिथ वेलालागे, दुस्मन्था चमिरा, नुवान थुसार, मथिसा मथिराना र दिल्सा मदुसंका ।

रिजर्भ : असिथा फर्नान्डो, विजयकान्त वियाक्सन्थ, भानुका राजापाक्षे र जेनिथ लियानागे ।

दक्षिण अफ्रिका

नेपालले जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध समूह चरणको तेस्रो खेल खेल्नेछ । विश्वकपमा निम्ति दक्षिण अफ्रिकाले अप्रिल ३० मा राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।

दक्षिण अफ्रिकाको कप्तानी आइदेन मार्करमले सम्हाल्नेछन् । टिममा एनरिक नोर्ट्जे र विकेटकिपर ब्याटर क्विन्टन डी ककजस्ता अनुभवी खेलाडीले स्थान बनाएका छन् । नोर्ट्जे सन् २०२३ को सेप्टेम्बरदेखि ढाडको चोटका कारण मैदानबाट बाहिर थिए । यस्तै, डी ककले सन् २०२३ को विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका छन् ।

हालै सम्पन्न दक्षिण अफ्रिका–२० मा उत्कृष्ट प्रदर्शन गरेका र्यान रिकेल्टोन र ओटोनियल बार्टम्यानले पहिलोपटक टिममा स्थान बनाएका छन् । दक्षिण अफ्रिकाको कोर ब्याटिङमा मार्करम, डी कक, रिजा हेन्ड्रिक्स, हेनरिक क्लोसन र डेविड मिलर र ट्रिस्टान स्टुब्स छन् ।

यस्तै, बलिङ आक्रमणमा कगिसो रबाडा र नोर्ट्जेलाई मार्को जान्सेन र बीजोर्न फच्र्युनले तीव्र गतिमा साथ दिँदा केशव महारेज र तबरेज साम्सी स्पिनर आक्रमणमा छन् ।

south-africa-1715702947.jpg
 

दक्षिण अफ्रिकाको टिम : आइदेन मार्करम (कप्तान), ओट्नियल बार्टम्यान, गेरार्ड कोएट्जी, क्विन्टन डी कक, बीजोर्न फच्र्युन, रिजा हेन्ड्रिक्स, मार्को जान्सेन, हेनरिक क्लासेन, केशव महारेज, डेविड मिलर, एनरिक नोर्ट्जे, कगिसो रबाडा, र्यान रिकेल्टोन, तबरेज साम्सी र ट्रिस्टोन स्टुब्स ।

रिजर्भ : नान्द्रे बर्गर र लुंगी एन्गिडी ।

बंगलादेश

नेपालले जुन १७ मा बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ । विश्वकपमा बंगलादेशले यसै वर्षको सुरुआतमा तीनवटै संरचनाको कप्तान बनेका नज्मुल हुसैन सान्टोको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ । टिममा अनुभवी अलराउन्डर साकिब अल हसन पनि छन् । उनी करिब एक वर्षपछि ट्वान्टी–२० टोलीमा फर्किएका हुन् । जिम्बाब्वेसँगको अन्तिम दुई ट्वान्टी–२० खेलबाट पुनरागमन गरेका साकिबले जिम्बाब्वेसँगको चौथो खेलमा चार विकेट लिएका थिए ।

बंगलादेशी टिममा युवा बलर तान्जिम हसन साकिबले पनि स्थान बनाएका छन् । उनले यसअघि बंगलादेशको टिमबाट जिम्बाब्वेसँग दुई खेलमात्र खेलेका थिए । छनोटकर्ताले टिममा बायाँहाते बलर सोरिफुल इस्लामलाई पनि स्थान दिएका छन् । 

bangladesh-1715702875.jpg
 

बंगलादेशको टिम : नज्मुल हुसैन सान्टो (कप्तान), तक्सिन अहमेद, लिटोन दास, सौम्य सरकार, तान्जिद सहन तमिम, साकिब अल हसन, तवहिद ह्रृदोय, महमुदुल्लाह रियाद, जाकेर अलि अनिक, तान्विर इस्लाम, साक मेहदी हसन, रिसाद हुसैन, मुस्ताफिजुर रहमान, सोरिफुल इस्लाम र तान्जिम हसन साकिब ।

रिजर्भ : अफिफ हुसैन र हसन मह्मुद

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्