site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाको टिप्पणी– चीनले एकैपटक रुस र युरोपसँग सम्बन्ध बनाउन सक्दैन
वेदान्त पटेल ।

वासिङटन । अमेरिकाले चीनले रुस र युरोप दुवैसँग एकैपटक राम्रो सम्बन्ध बनाउन नसक्ने टिप्पणी गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबारदेखि दुईदिने चीन भ्रमण जारी राखेको समयमा अमेरिकाले यस्तो टिप्पणी गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेललाई उक्त विषयमा सोधिएको प्रश्नमा उनले भने, “तपाईं दुवैतर्फ हुन सक्नु हुन्न । एकातर्फ चीन युरोपसँग राम्रो सम्बन्ध बनाएर चलेको छ, अनि दोस्रोतर्फ उसले रुसको सहयोग गरेको छ । रुस युरोपको सुरक्षाका निम्ति सबैभन्दा ठूलो खतरा हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले थपे, “युक्रेनसँगको युद्धमा चीनले रुसलाई सहयोग गरिरहेको छ । हामीले यो कुरा उठाइरहेका छौँ । र, हामीले यसको आलोचना पनि गरेका छौँ ।”

बिहीबार भेटवार्ताका क्रममा रुसका राष्ट्रपति पुटिन र उनका चिनियाँ समकक्षी सी चिनफिङले युक्रेन मामिलामा राजनीतिक सहमति खोजिनुपर्ने विषयमा जोड दिएका थिए । खासगरी सीले पुटिनलाई उक्त सुझाव दिएका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्