site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु

अफगानिस्तान ।   मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन स्पेनिस नागरिक भएको पुष्टि भएको छ । तीमध्ये दुई महिला र एक पुरुष रहेका स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन् ।

उक्त घटनामा स्पेन, नर्वे, अस्ट्रेलिया र लिथुआनियाका चार नागरिक घाइते भएका बाम्यानका प्रान्तीय प्रहरी प्रवक्ता मुहम्मद खवानी रसाले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विदेशीबाहेक गोली हानाहानमा एक अफगानी नागरिक मारिनुका साथै अरू तीन अफगानी घाइते भएका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

उक्त घटनाको अनुसन्धानका क्रममा चार संदिग्धलाई पक्राउ गरिएको पनि कानीले उल्लेख गरेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्