site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा प्यालेस्टिनी समर्थक कार्यकर्ता खलिल रिहा

काठमाडौं । अमेरिकामा लामो समयदेखि हिरासतमा रहेका एक प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलिललाई त्यहाँको एक अदालतले रिहा गर्ने आदेश दिइएको छ । 

तीन महिनादेखि लुजियानाको केन्द्रीय भन्सार तथा अध्यागमन इकाई (आईसीई) हिरासतमा रहेका अमेरिकी ग्रीन कार्ड होल्डर तथा प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलिललाई आज न्यायाधीशको आदेशमा रिहा गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको हक रहेको भन्दै राजनीतिक रूपमा लक्षित गरिएको अदालतले उल्लेख गरेको छ । न्यायाधीशले उनको हिरासतलाई संवैधानिक भन्दै तत्काल रिहा गर्न आदेश दिएका हुन् ।

आजै दुई संघीय जिल्ला अदालतले डोनाल्ड ट्रम्प प्रशासनद्वारा लागु गरिएका लिबरेसन डे टेरिफलाई अवैध ठहर गरेको छ ।

अदालतका अनुसार आपतकालीन अधिकार प्रयोग गर्न पर्याप्त कानुनी आधार नभएको भन्दै आईईईपीको दुरुपयोग गर्दै व्यापारमा हस्तक्षेप गरेको ठहर गरिएको छ ।

तर, अर्को फैससला भने ट्रम्पको पक्षमा आएको छ । तीन फरक अदालतका निर्णयहरूमध्ये दुईले उनको नीतिविरुद्ध फैसला सुनाए भने एकले राष्ट्रिय सुरक्षाका सन्दर्भमा उनको पक्षमा फैसला गरेको छ ।  

अमेरिकाको एक पुनरावेदन अदालतले ट्रम्पलाई लस एन्जलसमा खटाइएका नेसनल गार्ड हरूमाथि संवैधानिक नियन्त्रण कायम गर्ने अधिकार दिएको छ । अदालतले अशान्ति र संघीय सुरक्षाको नाममा राष्ट्रपतिको कदम उचित रहेको ठहर गरेको छ ।

आज अमेरिकी अदालतबाट राष्ट्रपति ट्रम्पका लागि मिश्रित सन्देशहरू आएका छन् । अलजजिरा

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्