site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली लेबलिङ गरेर कम्प्युटर 'बिक्री गर्ने' दुईजना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली लेबलिङ गरेर कम्प्युटर बिक्री वितरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्मेली नागरिक २२ वर्षीय तुसार अग्रवाल र उमेश मुडभरी छन् ।

अग्रवालले काठमाडौं–२२ स्थित मुकुन्द श्रेष्ठको घर भाडामा लिएर अर्कै कम्पनीका डेस्कटप कम्प्युटरमा डेल कम्पनीको लोगो प्रयोग गरेर बिक्री गरेको खुलेपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनको गोदामबाट प्रहरीले लोगो नभएका २३५ थान र लोगो प्रयोग भएका ५० थान बरामद कम्प्युटर गरेको छ ।

प्रहरीले अग्रवालको नक्कली लोगो प्रयोग गरेको कम्प्युटर बिक्री गर्ने मुडभरीलाई समेत नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्