site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकी सरकारविरुद्धको रिट : न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासमा सुनुवाइ जारी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा सुनुवाइ जारी छ । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले मुख्यमन्त्री खगराज अधिकारीलाई काम चलाउन जिम्मेवारी सम्हाल्नेगरी गत वैशाख २८ मा अन्तरिम आदेश जारी गरेको छ । 

संविधानअनुसार विश्वासको मत नपाएपछि स्वतः पदमुक्त हुने व्यवस्था भए पनि सर्वोच्चकै न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासको फैसला अनुरुप विश्वासको मत लिएको देखिँदा संवैधानिक व्याख्या जरुरी देखिएको भन्दै न्यायाधीश मुसलमानको इजलासले पदमुक्त हुने विषयको व्याख्या गरेको थिएन । 

मंगलबार उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्