site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
झन्डै दुई करोड खर्चेर पनि फाइभजीमा प्रगति नभएपछि महालेखाले उठायो प्रश्न

काठमाडौं । नेपालमा फाइभजीको विस्तार उल्लेख्य रूपमा हुन नसकेको महालेखापरीक्षकको कार्यालयको ६१औँ प्रतिवेदनमा जनाइएको छ ।

विश्वका विभिन्न देशले फाइभजीमा आधारित प्रविधि प्रयोग गर्न थालिसकेको भए पनि नेपाल टेलिकमले प्रभावकारी प्रगति गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल टेलिकमले फाइभजी प्रविधिको उपयोगिता परीक्षण गर्न एक करोड ८४ लाख ३८ हजार रुपैयाँ खर्च गरिसकेको तर कार्यान्वयनको आवश्यकताको मूल्यांकनमा प्रभावकारी प्रगति गर्न नसकेको महालेखाले जनाएको छ ।

“प्रविधिमा आएको परिवर्तन, प्रतिस्पर्धाको अवस्था, फाइभजी प्रविधि कार्यान्वयनको ढिलाइबाट भविष्यमा आउन सक्ने चुनौती र राजस्व प्राप्तिमा पर्न सक्ने प्रभाव समेतलाई ध्यान दिई कम्पनीले प्रविधिको कार्यान्वयनमा प्रभावकारिता ल्याउनुपर्दछ,” प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्