site stats
बाह्रखरी :: Baahrakhari
देश
अदालतको आदेशपछि कार्यालय पुगे नगर प्रहरी प्रमुख पाण्डे
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार (असार ५) कार्यालय पुगेका छन् ।

बुधबार (असार ४) न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । अदालतको आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम थालेका हुन् ।

उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्