site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसी एसिया बैंकको मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा 

काठमाडौं । एनआईसी एसिया बैंकले मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालयका सेवा आफ्नै भवनबाट दिन थालेको छ ।

पर्सास्थित वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको हो । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेस प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगञ्ज शाखा नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको बैंकले जानकारी दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहकलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ । 

साथै, उक्त नवनिर्मित भवनमा ग्राहकलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्यास डिपोजिट मेसिन, केआईओएसके मेसिन, क्यास रिसाइक्लर मेसिन जस्ता अत्याधुनिक सुविधा सम्पन्न मेसिनहरूबाट डिजिटल बैंकिङ कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याएको जानकारी दिइएको छ ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर र ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्