site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इसेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आबद्ध

काठमाडौं । खेल क्षेत्र र खेलाडीहरूलाई प्रोत्साहन गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रूपमा आवद्ध गरेको छ ।

दाहाल ओलम्पिकमा ब्याडमिन्टन खेल खेल्ने पहिलो नेपाली रहेका छन् । सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएका प्रिन्सले राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई अब्बल खेलाडीका रूपमा स्थापित गरिसकेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इसेवाले कलासंस्कृति, युवा तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याउँदै खेलाडीहरूलाई प्रोत्साहन गर्दै आएको छ । यसै क्रममा इसेवाले पहिले पनि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रूपमा आबद्ध गरिसकेको छ ।
इसेवाको प्रमुख कार्यकारी निर्देशक जगदिश खड्काले प्रिन्स दाहालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

साथै पेरिसमा हुन लागेको ओलम्पिक २०२४ का लागि पनि दाहाललाई खड्काले शुभकामना दिए यसका साथै आगामी दिनहरूमा विभिन्न विधाका खेलाडीहरूलाई निरन्तर प्रोत्साहन तथा आवश्यक सहयोग गर्ने लक्ष्यमा इसेवा दृढ रहेको प्रमुख कार्यकारी निर्देशक खड्काले बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्