site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीन मुक्तक


जिन्दगी ब्याउनुअघि भोकाएको गाईझैँ भयो
जिन्दगी कोपिलामा किरा लागेको जाईझैँ भयो
असफलताका सिँढीहरू चढ्दाचढ्दा वाक्क भएँ
त्यसैले यो ज्यान खुम्चिएको थोत्रो टाईझैँ भयो


दुहुनो भैँसी बेचेर पोहर आइफोन किन्नुपर्‍यो 
आम्दानी स्रोत गुमेपछि माग्दै हिँड्नुपर्‍यो
तडकभडक आडम्बर कबै राम्रो होइन
समस्याहरूको सागरमा पैसो चिन्नुपर्‍यो

NIC Asia Banner ad
Argakhachi Cement Island Ad


बेलाबेलामा मेरो हालखबर सोध्ने गर
बीचबीचमा स्वास्थ्य अवस्था बुझ्ने गर
म चढेको गाडी दुर्घटनामा पर्दा मात्र
किन फोन गर्छौ, भो चुपचाप बस्ने गर

(बूढानीलकण्ठ, काठमाडौं)
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्