कला

काठमाडौं । गायक पशुपति शर्माले ‘झोले त तैँ, झोले त मैँ’ बोलको गीत सार्वजनिक गरेका छन् । युट्युब च्यानलमार्फत उनले आज यो गीत सार्वजनिक गरेका हुन् ।
गीतमा शब्द, संगीत र स्वर पशुपति शर्माको छ । राजनीतिक नेतृत्वलाई बिगार्ने कार्यकर्ता हुन् भन्ने व्यंग्य गीतमा छन् । नेतृत्वले जे भन्दा पनि पत्याउने कार्यकता नै दोषी हुन् भन्ने व्यंग्य गीतमा छ ।
केही दिनअगाडि नेकपा एमालेमा ‘म झोले हो’भन्ने ट्रेन्ड चलेको थियो । त्यसैलाई यो गीतले व्यंग्य गरेको छ ।
गीतको भिडियोमा पशुपति स्वयं र जेरी भण्डारीको अभिनय छ । भिडियो निर्देशन पनि जेरी स्वयंको छ ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १५:४४
प्रतिक्रिया दिनुहोस्