site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बलात्कारपछि हत्या गर्नेलाई फाँसी दिने कानुन प्रदेशले नै बनाउनुपर्छ : सांसद लिम्बू

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) की कोसी प्रदेशसभा सदस्य निर्मला तावा लिम्बूले बलात्कार गर्नेलाई प्रदेशले फाँसीको सजाय दिने गरी कानुन बनाउनुपर्ने बताएकी छन् ।

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लिम्बूले बलात्कारका घटना धेरैजसो कोसी प्रदेशमा हुने गरेको बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“महिला तथा युवतीहरू बलात्कार घटनाबाट पीडित हुने क्रम अझ धेरै बढेको पाइन्छ, त्यसैले केन्द्र सरकारले नल्याए प्रदेश सरकारले फाँसी दिने कानुन ल्याउनुपर्छ,” उनले भनिन् ।

उनले केही समयअघि झापाको दमकमा प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीमाथि गोली प्रहार गर्नेसम्मको घटना भएको बताउँदै फाँसीको कानुन आवश्यक रहेको बताएकी हुन् ।

“बलात्कार गरेर मारिएका धेरै समाचारहरू सुनिन्छ । तर त्यसको सुनुवाइ खोइ ? सत्य कुरा तितो हुन्छ, तर यथार्थ पीडालाई कहिलेसम्म ढाकछोप गर्छौं,” उनले भनिन्, “नीतिगतरूपमा नै बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्डको प्रावधान कानुमा समावेश गरेर जानुपर्छ ।”

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्