site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदीप पौडेलको प्रस्ताव– सेवाग्राहीको काम नहुँदा लिखित जवाफ दिने व्यवस्था गरौँ
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयमा सेवाग्राहीको काम नहुँदा लिखित जवाफ दिनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सेवाग्राहीले नराम्रो व्यवहार भोग्नुपरेको बताए । 

“सरकारी कार्यालयमा सेवाग्राही जाँदा राम्रो व्यवहार नहुने । पहुँच पुगेका मान्छेहरुको काम हुने । घुस बुझाउन सक्नेको काम हुने, अरुको काम नहुने । विशेषगरी महिला, निमुखा, विपन्न मानिसहरुलाई असाध्यै हेप्ने । सरकारी कार्यलयले गरेको व्यवहारका कारण धेरै युवा निराश भएको स्थिति छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पौडेलले सेवाग्राहीको काम कुन कानुन नमिलेको भनि सरकारी कार्यालयले लिखित जवाफ दिनुपर्ने व्यवस्था गर्नुपर्ने माग राखेका हुन् । 

“सेवाग्राहीले लगेको काम सेवा केन्द्रले किन नगरेको ? काम नभएको कारण खुलाएर सेवा केन्द्रले लिखित रूपमा जवाफ दिने अनिवार्य व्यवस्था गरौँ। सबै सरकारी कार्यालयले सेवाग्राहीले लगेको काम कुन कानुन नमिलेका कारणले, के नपुगेकाले नभएको भन्ने लिखित जवाफ दिने व्यवस्था गरे भ्रष्टाचार पनि कम हुन्छ,” उनले भने । त्यसो भएमा सेवाग्राहीले सेवा पाउने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्