site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अस्ट्रेलियामा पर्यटक भिसाधारीलाई जुलाई १ देखि विद्यार्थी भिसा आवेदनमा रोक

क्यानबेरा  । अस्ट्रेलियाले पर्यटक भिसालाई विद्यार्थी भिसामा परिणत गर्ने कार्यलाई आउँदो जुलाई १ देखि रोक लगाउने भएको छ । गृह मामिलासम्बन्धी मन्त्री ओ नीलले बुधबार एक वक्तव्य जारी गर्दै यस्तो बताएकी हुन् ।

गत वर्ष अस्ट्रेलियाले सार्वजनिक गरेको आप्रवासी रणनीतिमा विद्यार्थी र अरू अस्थायी भिसाधारीलाई निरन्तर रूपमा वा कतिपयका हकमा अनिश्चितकालसम्म बस्ने ‘छिद्र’लाई अन्त्य गर्ने भनिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनसंख्याको परिवर्तनसम्बन्धी अध्येता पिटर म्याकडोनाल्डले देशमा भएका जनसंख्याको थोरै मात्र भिसा स्वीकृत गर्नु स्थायी रूपमा नै प्रवेशमा कटौती गर्नुभन्दा उत्तम हुने सुझाव दिएका थिए । यसो गर्नु जनसंख्याको व्यवस्थापनका निम्ति उपयुक्त हुने उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्बानीको संघीय सरकारले जुलाई १ देखि यसमा थप कदम चाल्ने जनाइएको हो । अब भिजिटर भिसामा हुनेले प्रवेशविन्दुमा विद्यार्थी भिसाका निम्ति आवेदन दिन सक्ने छैनन् ।

पर्यटन भिसामा आएर विद्यार्थी भिसामा परिणत गर्न आवेदन दिनेको संख्या सन् २०२३ जुलाई १ देखि २०२४ मे अन्त्यसम्म ३६ सयभन्दा बढी रहेको जनाइएको छ । अबको मापदण्डले उक्त बाटो बन्द गर्नेछ ।

अब टेम्पोररी ग्राजुएट भिसा होल्डरले प्रवेशविन्दुमा विद्यार्थी भिसाका निम्ति आवेदन दिन सक्ने छैनन् । ग्राटन इन्स्टिच्युटले ३२ प्रतिशत टेम्पोररी ग्राजुएट भिसा होल्डरले फेरि अस्ट्रेलिया बसाइ लम्ब्याउने प्रयास गरेको तथ्यांक दिएको समेत मन्त्रीले आफ्नो वक्तव्यमा उद्धृत गरेकी छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्