
काठमाडौं । इरानबाट भारतीय नागरिकहरूलाई बाहिर निकाल्न भारतले 'अपरेसन सिन्धु' सुरु गरेको विदेश मन्त्रालयले जानकारी दिएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे, "जुन १७ मा, भारतले उत्तरी इरानबाट ११० जना विद्यार्थीहरूलाई उद्धार गर्यो, जो इरान र आर्मेनियामा रहेका भारतीय अधिकारीहरूको निरीक्षणमा आर्मेनिया आइपुगेका थिए ।"
रणधीर जयसवालले भने, "यी विद्यार्थीहरू आर्मेनियाको राजधानी येरेवनबाट विशेष उडानबाट प्रस्थान गरेका छन् र जुन १९, २०२५ को बिहान नयाँ दिल्ली पुग्नेछन् ।"
जुन १३ मा इजरायलले इरानको 'आणविक कार्यक्रम'सँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गर्यो । त्यसपछि इरानले बदलास्वरूप इजरायलमाथि आक्रमण गर्यो ।
त्यसबेलादेखि दुई देशबीचको द्वन्द्व जारी छ र बढ्दै गइरहेको छ ।