site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा चलखेल नगर्न लगानीकर्ता संगठनको ध्यानाकर्षण

काठमाडौं । पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताका चार संगठनले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा चलखेल नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै लगानीकर्ताका संगठनहरू जनरल इन्भेस्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले दक्ष व्यक्ति अध्यक्ष नियुक्त गर्नुपर्ने माग गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बोर्डको अध्यक्ष नियुक्तिलाई पारदर्शी बनाउन यी संगठनले सरकारसँग माग गरेका हुन् ।

“संवेदनशील निकायमा पार्टीगत भागबन्डा, पैसा र शक्तिको आडमा गरिने कार्यले स्वच्छ लगानीको वातावरण सिर्जना गर्न सक्दैन” संयुक्त विज्ञप्तिमा उल्लेख छ “अनुभवी, स्वतन्त्र, पुँजी बजारसम्बन्धी राम्रो ज्ञान भएको विज्ञ व्यक्तिलाई सरकारले यथाशक्य बोर्डमा नियुक्त गरोस्, अन्यथा तथ्यगत प्रमाणको आधारमा आवश्यक कदम चाल्न बाध्य हुनेछौँ ।”

केही व्यावसायिक घरानाका व्यक्तिहरू आफ्नो निहित स्वार्थको लागि बोर्ड अध्यक्षमा नजिकको मान्छे नियुक्त गर्न लागिपरेको भन्दै संघहरूले ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्