site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमालयन बैंकको शाखा कार्यालय थापाथलीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । उक्त शाखा कार्यालयबाट आइतबारदेखि सेवा शुभारम्भ भएको हो ।

थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी, बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका–१, मेनरोड नारायणगढबाट आइतबारदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नेगरी सञ्चालनमा ल्याएको छ ।  

हाल हिमालयन बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर र २६४ एटीएममार्फत् सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्