site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
को हुन् निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधान ?

काठमाडौं । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस गर्ने निर्णय गरेको छ । 

आइतबार साँझ बालुवाटारमा बसेको परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाइपछि मात्र नियुक्त हुने प्रावधान छ । प्रधान अहिले नेपाल कानुन समाजका कार्यकारी निर्देशक छन् ।

को हुन् कृष्णमान प्रधान ?

०२४ साल भदौ ११ मा जन्मिएका प्रधान नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थित चन्दनीमा जन्मिएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट 'स्थानीय सरकार र लोकतन्त्र' विषयमा विद्यावारिधि गरिरहेका छन् । ०६३ सालमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले कानुन र व्यवस्थापनमा स्नातक गरेका छन् ।

हाल उनी काठमाडौंस्थित बबरमहलमा बस्दै आएका छन् ।

उनी ०४८ सालदेखि अहिलेसम्म नेपाल कानुन समाजको कार्यकारी निर्देशक छन् । उनी ०४८ सालदेखि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) महासचिव छन् । उनी ०५० सालदेखि ग्रामीण विकास प्रतिष्ठानका अध्यक्ष पनि छन् । उनी राष्ट्रिय न्यायिक प्रतिष्ठानमा पनि सक्रिय छन् ।

उनी कार्यकारी निर्देशक रहेको नेपाल कानुन समाजले कानुनी शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, निर्वाचन सुशासन, तथा समावेशी लोकतन्त्रको क्षेत्रमा नीति तथा कानुन तर्जुमा गर्न, सेवा प्रवाहमा प्रभावकारिता बढाउन तथा पैरवी गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्