site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
उपन्यास ‘इजाजतपत्र’ सार्वजनिक

काठमाडौं । सार्थक कार्कीको उपन्यास ‘इजाजतपत्र’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा पूर्वमुख्यसचिव विमल कोइराला, समालोचक कुमारी लामा र समीक्षक एवं सम्पादक राजकुमार बानियाँले उक्त उपन्यासकृति लोकार्पण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकमा कार्यरत कार्कीको यो पहिलो आख्यानकृति हो । उपन्यास ‘इजाजतपत्र’मा राज्यसंयन्त्रले जनतालाई सेवा दिँदा कति हैरान बनाउँछ भन्ने विषय सरल ढंगले उजागर गरिएको पूर्वमुख्यसचिव कोइरालाले बताए । उनले भने, “उपन्यासको विषयवस्तु मार्मिक छ, यो नेपाली साहित्यको उत्कृष्ट काव्याख्यान हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समालोचक लामाले नेपालको प्रशासनसंयन्त्रले नागरिकमाथि थोपरेको सास्तीलाई उपन्यासमा सुन्दर ढंगले चित्रण गरिएको बताइन् ।

समीक्षक एवं सम्पादक बाँनियाले ‘इजाजतपत्र’ पहिलो उपन्यास भईकन पनि कार्कीले नेपाली साहित्यलाई अब्बल आख्यान दिएको बताए ।

सांग्रिला बुक्सले प्रकाशन गरेको ‘इजाजतपत्र’को प्रतिमूल्य २९५ रुपैयाँ कायम छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्