site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसी एसिया बैंकले साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जामा ब्याज छुट दिने योजना ल्याएको छ । बैंकले भाखा नाघेको समयावधि अनुसार ब्याज रकममा छुट दिने योजना सार्वजनिक गरेको हो ।

भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही आसााढ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकम शतप्रतिशत छुट र साधारण बक्यौता रकममा समेत छुट दिने भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंकका अनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेका कर्जामा साधारण ब्याज रकममा १५ प्रतिशत छुट प्राप्त हुनेछ । १८१ दिनदेखि ३६५ दिन भाखा नाघेका कर्जामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेको अवस्थामा ३५ प्रतिशत छुट पाउनेछन् ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दिगो सवलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्