site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानमा राष्ट्रपतिका निम्ति जुलाई ५ मा फेरि मतदान 

तेहरान । इरानमा राष्ट्रपति पदका निम्ति आउँदो जुलाई ५ मा फेरि मतदान गरिने भएको छ ।

एक महिनाअघि हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको थियो । त्यसपछि खाली भएको राष्ट्रपति पदका निम्ति गएको शुक्रबार गरिएको निर्वाचनमा कसैको पनि बहुमत ल्याउन सकेनन् । सोही कारण पुनः अर्को चरणमा मतदान गर्न लागिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सबैभन्दा बढी मत ल्याउने दुई प्रतिस्पर्धीबीच पुनः प्रतिस्पर्धा हुनेछ । इरानमा कुनै उमेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए दोस्रो चरणको निर्वाचन गरिने व्यवस्था छ ।

आउँदो शुक्रबारको मतदानमा सुधारवादी मानिने नेता मसूद पेजेश्कियान र कट्टरवादी सइद जलिलीबीच प्रतिस्पर्धा हुनेछ ।

कुल २४.५ मिलियन मतमा पेजेश्कियानले १०.४१ मिलियन र जलिलीले ९.४७ मिलियन मत पाएका थिए । करिब ४० प्रतिशत मात्र मतदान भएको जनाइएको छ । अलजजिराबाट ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्