site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेल कानुनविद्हरूसँग परामर्शमा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग परामर्श गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यावस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानुनविद्हरूसँग परामर्श गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 सो छलफलमा  कानुनविद्हरू पूर्णमान शाक्य, विपीन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्