site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमाको प्याकेजको नयाँ दररेट भदौबाट मात्रै लागु हुने

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रमको परिमार्जित प्याकेजको दररेट भदौ १ गतेदेखि मात्रै लागु हुने भएको छ ।

सेवा प्रदायक संस्थाहरूले परिमार्जित दररेट अध्ययन र प्राविधिक तयारी गर्नुपर्ने भन्दै समय मागेपछि एक महिना ढिलो लागु गरिने भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्य बिमा बोर्डले यसअघि साउन १ गतेदेखि नयाँ दररेट कार्यान्वयन गर्ने निर्णय गरेको थियो । बोर्डले एक हजार २९० वटा औषधिसहित सुविधा थैलीमा रहेका प्याकेजको दररेट अपडेट गरेको हो ।

hib-1720939684.jpg
 

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्