site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्रिमियामा ३३ युक्रेनी र १० सैनिक ड्रोन खसालेको रुसको दाबी
फाइल तस्बिर ।

मस्को । रुसले क्रिमियामा ३३ युक्रेनी ड्रोन र प्रायद्वीपतर्फ गइरहेका १० नौसैनिक ड्रोन खसालेको मस्कोको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

ड्युटीमा रहेका वायु रक्षा प्रणाली नष्ट गरी क्रिमियामा हवाई ड्रोनहरू रोकेको मन्त्रालयले टेलिग्राम पोस्टले मार्फत जनाएको हो । ब्लाक सी मा रहेका सेनाहरूले क्रिमियन प्रायद्वीपतर्फ गइरहेका नौसेना ड्रोनहरू नष्ट गरेको टेलिग्राम पोस्टले प्रष्ट पारेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सेभास्तोपोलका गभर्नर मिखाइल रजभोजायेभले बिहीबार क्रिमियन सहरको गतिविधि रूसी सेनाको आक्रमणको विरुद्धको बदलासँग जोडिएको बताएका थिए । 

रुसी अधिकारीहरूका अनुसार गत महिनाको अन्त्यमा मस्कोले युक्रेनमा अमेरिकी मिसाइल प्रयोग गरी क्रिमियामा घातक आक्रमण गरेको आरोप लगाएको थियो जसमा चार जनाको मृत्यु भएको थियो भने १५० भन्दा बढी घाइते भएका थिए ।

रूसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी रुसको ब्रायन्स्क क्षेत्रमा गए राति थप दुईवटा ड्रोनलाई निष्क्रिय पारिएको जनाउदै कुनै हताहत वा क्षति नभएको  स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले  टेलिग्राममा उल्लेख गरेका छन् । 

युक्रेनले पछिल्लो समय रूसी क्षेत्रमा आक्रमण बढाई आपूर्ति केन्द्र, ऊर्जा केन्द्रका साथै सीमापारका सहर, गाउँ र क्रिमियामा लक्षित गरेको छ ।

सन् २०२२ फेब्रुअरीमा द्वन्द्व सुरु भएदेखि दुवै पक्षले व्यापक रूपमा ड्रोन लगायतका सैन्य उपकरणको प्रयोग गर्दै आएका छन् । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्