site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाढीले नहर बगाउँदा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध

गुल्मी । बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य छन् । असार २३ गते आएको बाढीले मुसिकोट नगरपालिका–८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाएपछि त्यस क्षेत्रका नागरिक विद्युत् सेवाबाट वञ्चित भएका हुन् । 

स्थानीय दरम खोलाले ८० मिटरभन्दा लामो बाँध बगाएपछि त्यस क्षेत्रका एक हजार ६ सयभन्दाबढी घरधुरी प्रत्यक्ष रुपमा प्रभावित बनेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बाढीले बगाएको बाँध मर्मत गर्न लामो समय लाग्ने भएका कारण विद्युत् प्राधिकरणसँग समन्वय गरेर केन्द्रीय प्रशारणको लाइन जोड्न पहल गरिरहेको नगर प्रमुख खरेलले बताए । 

यसका लागि नगरपालिकाले प्राविधिक पठाएर लागत मूल्यांकन सुरु गरेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्