site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड राजश्व संकलन

भद्रपुर (झापा) । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बंगलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्यांकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा  ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार  बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १०.७१ प्रतिशतले बढेको छ । उनका अनुसार आव २०७९/८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात र २२ अर्ब चार करोड १८ लाख ९३ निर्यात रहेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत आवमा पेट्रोलियम पदार्थ ४.५१ प्रतिशत, जुट ७.२५ प्रतिशत, जिप्सम ६.५७ प्रतिशत, तरकारी १७.८५ प्रतिशत, अलडिड रेजिन ५.६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए । मेसिनरी उपकरण ६६.१० प्रतिशत, दाल १८.६ प्रतिशत, इलेक्ट्रिक उपकरण ३०.३४ प्रतिशत र फलाम २२ प्रतिशतले आयात बढेको छ ।

मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट एक हजार २५३.९७ प्रतिशतले बढ्दा प्लाइउड ५५.३८ प्रतिशत, छुर्पी २९.७९ प्रतिशत, अम्रिसो ३०.१२ प्रतिशत, अदुवा–सुठो २१.६८ प्रतिशतले निर्यात बढेको छ । अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ । सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०/८१ मा मेची भन्सार कार्यालयले १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व संकलन गरेको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्