site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योग समितिमा सांसदको हाजिरी सार्वजनिक गर्न सचिवालयलाई निर्देशन

काठमाडौं । संसदीय समिति बैठकमा सांसदहरू नियमित रूपमा उपस्थित नभएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कडाइ गर्ने भएको छ ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको विषयमा तथ्यांक सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरेको छ । संसदीय समिति बैठकहरूमा सांसदहरूको उपस्थिति कमी हुने गरेकाले बैठकमा उपस्थिति सार्वजनिक गरी कडाइ गर्न थालिएको बताइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा समिति सभापति अब्दुल खानले ३७ वटा समिति बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको हो, त्यसको तथ्यांक सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिए । उनले पछिल्लो समय समितिमा धेरै विधेयकहरूको विषयमा छलफल गर्नुपर्ने भए पनि सांसदहरूको उपस्थिति कमजोर रहेकाले बैठकमा सहभागिता भएको तथ्यांक सार्वजनिक गरिने बताए । 

समिति बैठकमा सांसदहरुको सहभागितालाई नियमित गराउनको लागि ३७ बैठकमा कुन सांसद कतिवटा बैठकमा सहभागिता भएको तथ्यांक सचिवालयको वेबसाइटमा सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरे ।  

"अहिलेसम्मका समिति बैठकमा कुन सदस्य कति बैठकमा सहभागिता जनाएका छन् त्यसको सूची निकाल्नु पर्‍यो । उक्त सूची वेबसाइटमा राख्न समिति सचिवालयलाई निर्देशन दिन्छु । समितिको ३७ वटा बैठक भएको छ । त्यसमा कुन सांंसद कति वटा बैठकमा सहभागिता हुनु भएको छ । त्यो तथ्यांक निकाल्नलाई सचिवालयलाई निर्देशन गर्दछु," उनले भने । 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्