site stats
बाह्रखरी :: Baahrakhari
देश
जेठ २८ यता विपद्‌का घटनाबाट ज्यान गुमाउनेको संख्या १४८ पुग्यो

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‌का घटनामा परी आजसम्म १४८ जनाको मृत्यु भएको छ । 

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा तीन जना, कोसी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, वाग्मती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १४८ जनाको मृत्यु भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार काठमाडौं उपत्यकामा १० जना, कोसी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, वाग्मती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १७६ जना घाइते भएका छन् ।

बाढीपहिराका कारण काठमाडौं उपत्यकामा २६ जना, कोसी प्रदेशमा ४९ जना, वाग्मती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा १०८ जनाको उद्धार गरिएको छ ।

साथै, कोसी प्रदेशमा दुई जना, वाग्मती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना वेपत्ता भएका र बेपत्ताको खोजी जारी रहेको प्रवक्ता कार्कीले जानकारी दिए । 

बाढीको कारण जम्मा ३८३ घर डुबानमा परेका छन् । जसअन्तर्गत २५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिरामा परी आजसम्म ७१५ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ११२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २३:११
प्रतिक्रिया दिनुहोस्