site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कवि विप्लव प्रतीक 'प्रेम साहित्य सम्मान'बाट सम्मानित

काठमाडाैं । कवि तथा गीतकार विप्लव प्रतीक सम्मानित भएका छन् । शुक्रबार किताब जात्राको छैँटाैँ संस्करणमा उनलाई यात्रा फाउन्डेसनले 'प्रेम साहित्य सम्मान, २०८१' बाट सम्मान गरेकाे हाे ।

"सपनाजस्ताे लागिरहेकाे छ," प्रतीकले भने, "काम गर्दै गएपछि सम्मानित भइँदाे रहेछ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कवि, लेखक, अनुवादकसमेत रहेका प्रतीककाे 'नहारेको मान्छे' (कविता संग्रह), 'अविजित' (उपन्यास), 'साडेन फ्राेएडा' (हाइकु संग्रह) प्रकाशित छ्न् । 

रंग कर्ममा पनि सक्रिय प्रतीक 'द पाेइट आइडल'का निर्णायकसमेत छन् । कवि प्रतीकका दर्जनाैँ गीत चर्चित छन् । 

प्रेमप्रसाद अधिकारीकाे स्मृतिमा स्थापना गरिएकाे सम्मान एक लाख ११ हजार १११ राशिकाे छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्