site stats
बाह्रखरी :: Baahrakhari
देश
केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका मन्दिरनजिकै रहेको मौलाकाली केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो ।

दुर्घटना गए राति भएको भए पनि आज त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्