site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’का लागि १० कृति छनोट 

काठमाडौं । कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८०’ का लागि १० कृति छनोट गरेको छ । प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरूमध्येबाट एक कृतिलाई पुरस्कार प्रदान गर्दै आएको छ । 

समाजका अध्यक्ष एल.बी. क्षेत्रीद्वारा जारी विज्ञप्तिअनुसार अडिएका पाइला (उपन्यास, विष्णु सापकोटा), अद्वैत (उपन्यास, कृष्ण गौतम), अन्तर (उपन्यास, रमेश सायन), अर्को देशमा (कथासंग्र्रह, सानु शर्मा), गोपीचा (उपन्यास, विश्व कुइँकेल), चरैवेति (उपन्यास, जीवन जीवन्त) छनोटमा परेका छन् । त्यस्तै, डम्फुको आत्मालाप (कथासंग्र्रह, भक्त स्याङतान), बुढीपोल्ली (कथासंग्र्रह, खेम बतास), भृकुटी (उपन्यास, गोविन्दप्रसाद कुसुम) र सन्त्रासका ६० दिन )उपन्यास, रोशन थापा ‘नीरव’) छनोटमा परेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विज्ञप्तिअनुसार यी कृतिहरूमध्येबाट दोस्रो चरणमा उत्कृष्ट पाँच कृतिको सूची प्रकाशित गरिने र त्यसमध्येबाट उत्कृष्ट एकको छनोट गगरी पुरस्कृत गरिने छ । 

कविडाँडा साहित्य समाजले गत वर्षदेखि कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्रदान गर्दै आएको छ । एक लाख २५ हजार राशिको यो पुरस्कार पहिलोपटक डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई प्रदान गरिएको जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्