site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले भन्यो– हसिनाले राजनीतिक शरण मागे/नमागेको जानकारी छैन
जो बाइडेन । फाइल तस्बिर ।

वासिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेन प्रशासनले बंगलादेशमा कुनै पनि अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुन र नियम तथा बंगलादेशी नागरिकको इच्छाअनुसार हुनुपर्ने जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले शेख हसिनाले अमेरिकामा शरण मागे/नमागेका बारेमा जानकारी नभएको पनि जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता माथ्यु मिलरले सञ्चारकर्मीसँग भने, “हामी चाहन्छौँ कि बंगलादेशका मानिसले त्यहाँको भविश्य तय गरून् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अगाडि भने, “जवाफदेही कस्तो हुन्छ, यो बंगलादेशको कानुनमा देखिनुपर्छ । हिंसा गर्ने र कानुन तोड्नेलाई जिम्मेवार ठहर्‍याउनुपर्छ ।”

उनले हसिनाले अमेरिकामा राजनीतिक शरण मागे/नमागेको जानकारी नभएको बताए । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्