site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएको भन्दै बैंकले प्यान अद्यावधिक गर्न आग्रह गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंकले panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप एनआईसी एसिया मोबैंक (NIC ASIA MoBank) मा रहेको प्यान अपडेट विकल्पबाट आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ । 

ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखाबाट समेत प्यान अद्यावधिक गर्न सकिने बताएको छ ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीवापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् उनीहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने र आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ ।

यसले करकट्टी प्रमाणपत्र र करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकको विश्वास छ । थप जानकारीका लागि बैंकले नजिकको शाखा कार्यालय वा फोनमार्फत समेत सम्पर्क गर्न आग्रह गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्