site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टेस्ला, अडी तथा पोर्स गाडी किन्न महालक्ष्मी बैंकले ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्सिङ गर्दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक र अरेत इन्टरनेसनलबीच कर्जा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार टेस्ला, अडी तथा पोर्सजस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी बैंकले ९.९९ प्रतिशतमा कर्जा प्रदान गर्ने भएको छ ।

अरेत इन्टरनेसनल नेपालका लागि टेस्ला, अडी तथा पोर्स गाडीको आधिकारिक आयातकर्ता तथा वितरक हो । विद्युतीय गाडीको हकमा अधिकतम पाँच वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत (जुन कम हुन्छ) बराबरको कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्युतीयबाहेकको अन्य गाडीमा अधिकतम आठ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने बताएको छ । 

कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सबै शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै बैंकले उपलब्ध गराइरहेको आधिकारिक क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सकिने बनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्