site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आजबाट सुरु हुँदै 

काठमाडौं । विभिन्न १८ देशमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजबाट सुरु हुँदै छ । संसदीय सुनुवाइ समितिको (संयुक्त) बैठकमा सुनुवाइ हुनेछ । 

मध्याह्न सवा १२ बजे बस्ने बैठकले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डा. शंकरप्रसाद शर्मा भारत, कान्ता रिजाल अस्ट्रेलिया, नरेशविक्रम ढकाल साउदी अरेविया, प्रा. डा. कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्रा. धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराईलाई राजदूत नियुक्तिका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । 

श्रीलंका, शनिल नेपाल स्पेन, डा. शैल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फेलाई दक्षिण कोरियामा राजदूत नियुक्तिका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । 

जङ्गबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्रा. डा. कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधार डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणी पोखरेल पोर्चुगल र रीता धिताललाई पाकिस्तानमा राजदूत नियुक्तिका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्