site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल फाइनान्ससहित यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार उच्च अंकले बढ्दा पनि सेयर मूल्य उच्च घट्ने कम्पनी पनि छन् । 

साताको अन्तिम दिन बजार ४३.०५ अंक बढेर बन्द भएको छ । तर, यसैदिन नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने योबाहेक थप ९ कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी सेयर मूल्य घट्नेमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शुभम् पावर, मिड सोलु हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर, माण्डु हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, थ्रि स्टार हाइड्रोपावर र श्वत–गंगा हाइड्रोपावरको सेयर मूल्य पाँच प्रतिशतले घटेको छ ।

विन्ध्यवासिनी हाइड्रोपावर र शुभम् पावरको सेयर मूल्य सात प्रतिशतभन्दा बढीले घटेको छ । आज नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता २०७० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्