site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चार वटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको चार वटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ ।

कानुन, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे र कृषि समितिको बैठक बिहान ११ः३० मा संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कानुन समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गरिनेछ भने कृषि समितिमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्याका र नेपालमा ईआईए/आईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्