site stats
बाह्रखरी :: Baahrakhari
देश
जग्गा किनबेचको विवादमा महिलाको हत्या

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ । 

डाँडागाउँको गलकोटमा गएराति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताए । 

घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेलापरेको छ । मृतकको टाउकोमा चोट लागेको छ । वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो । 

थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताए । रासस

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्