site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नाडा अटो शोमा दुई दर्जन दुईपांग्रे ब्रान्ड, यस्ता छन् ईभी स्कुटर

काठमाडौं । यही भदौ ११ गतेदेखि ‘नाडा अटो शो’ आयोजना गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा भदौ १६ गतेसम्म चल्ने शोमा ९५ कम्पनी तथा प्रदर्शकका १३० स्टल रहने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

नेपालमा उपलब्ध दुईपांग्रे सवारी ब्रान्डले शोमा आफ्ना पुराना र नयाँ सवारीसाधन प्रदर्शन गर्ने भएका छन् । १९ कम्पनीले करिब २० दुईपांग्रे सवारी ब्रान्ड प्रदर्शनीमा राख्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्ता छन् ईभीसहितका दुईपांग्रे सवारी ब्रान्ड
अटो शोमा वैद्य इनर्जीले विद्युतीय स्कुटर ब्रान्ड एथर, नेबुला मोबिलिटीले गोगोरो, रिसी ट्रेड सेन्टरले जेहो, क्लासिक ह्विल्सको गारो र कुजु नेपालले याडिया स्कुटर प्रदर्शनीमा राख्नेछन् । यस्तै, इको इन्फिनिटीको निउ र स्यामुकापुको ईवान (ई१) विद्युतीय स्कुटर पनि प्रदर्शनीमा राखिनेछ ।

यसबाहेक हंसराज हुलासचन्द एन्ड कम्पनीको बजाज, सीजी मोटर्सको हिरो, एमएडब्ल्यू राइड्सको यमाहा, जगदम्बा मोटर्सको टीभीएस, अल्फा अटोमोटिभको रोयल इन्फिल्ड, केटीएम इन्टरनेसनलको बेनेली र लाइटिनिङ मोटर्सको बीएमडब्ल्यू प्रदर्शनीमा राखिनेछ ।

यसैगरी, रिसी ट्रेडको सीएफ मोटो, स्यामुकापुको जोनसोन बाइक पनि प्रदर्शनीमा रहने नाडाले जनाएको छ ।

डेल्टा अटोकोर्पको भेस्पा र अप्रिलिया तथा भीजी अटोमोबाइल्स र हंसराज हुलासचन्दका नयाँ दुईपांग्रे ब्रान्ड नाडा अटो शोमा सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्