site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
नाडा अटो शोमा तीन ईभी मोडेल सार्वजनिक गर्दै केइ, नाम मिलाउनेलाई पुरस्कार

काठमाडौं । केइ अटोमोबाइल्सले नाडा अटो शोमा विद्युतीय गाडी (ईभी)का तीन नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ ।

केइ अटोमोबाइल्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ती नयाँ मोडेलको नाम बताएर पुरस्कार जित्न सकिने योजना सार्वजनिक गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो योजनामा सहभागी हुन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नु पर्नेछ।

यो योजनामा सहभागी हुन केइ नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा जान सकिने कम्पनीले जनाएको छ ।

सहभागी मध्येबाट सबै तीन मोडेलहरूको नाम सही पहिचान गरी उत्तर दिने एकजना विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्ने कम्पनीको भनाइ छ । यो अभियान यसै भदौ १० गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्