site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँ बस दुर्घटना : बेपत्ता एकजनाको खोजी जारी

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजनाको खोजीकार्य जारी छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट यूपी ५३एफटी७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदेको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । १६ जना घाइते भएका थिए । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा घाइतेको उपचार भइरहेको प्रनाउ रायले बताए ।

बेपत्ता सरोदेका बुवाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ । प्रनाउ रायले भने, “घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन् । उनको आज पनि बस खसेको ठाउँ आसपास खोजी गरिए पनि फेला पर्न सकेनन् ।” रासस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्